पर्दा अगाडी र पछाडी दुवै ठाउँमा रहेर काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उदेश्यले गएको अघिल्लो वर्षबाट सुरु भएको ‘एलजी सिने सर्कल फिल्म अवार्ड’को दोश्रो सस्करण सम्पन्न भएको छ। सोमबार राजधानीमा एक भब्य समारोहका बीच अवार्ड वितरण गरिएको हो।
समारोहमा अधिकांश मुख्य विधाका अवार्ड प्राप्त गर्दै फिल्म ‘जात्रा’ले आफ्नो वर्चस्व कायम गर्यो। उत्कृष्ट नायक नायिकामा फिल्म ‘जात्रा’बाट विपिन कार्की र वर्षा राउत घोषित हुदा लोकप्रिय नायक नायिकाको अवार्ड ‘छक्का पन्जा’बाट दीपकराज गिरी र प्रियंका कार्कीले हात परे। त्यस्तै उत्कृष्ट फिल्म ‘जात्रा’ घोषित भयो भने त्यहि फिल्मबाट प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाए। लोकप्रिय निर्देशको अवार्ड भने ‘छक्का पन्जा’बाट दीपाश्री निरौलाले हात पारिन।
कार्यक्रममा नीजि क्षेत्रको पहिलो नेपाली फिल्म ‘माइतीघर’का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिएको छ। अवार्ड समारोहमा बलिउडबाट उक्त फिल्मका अभिनेता सिपी लोहनी र अभिनेत्री माला सिन्हा विशेष अतिथिको रुपमा सहभागि भएका थिए। समारोहमा द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँ नगद राशीसहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्डमा देशका विभिन्न क्षेत्रका प्रमुखहरुको उपस्थिती थियो। नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीदेखि उद्योगपति विनोद चौधरीसम्म अवार्ड समारोहमा पुगेका थिए।
हेर्नुहोस् क-कसले पाए अवार्ड :
1. The Best Poster of the Year – छक्का पञ्जा – सुन्दर श्रेष्ठ
2. The Best Trailer of the Year – लुट २ – सुरेन्द्र पौडेल
3. The Best Stunt of the Year – जय परशुराम – राजु तामाङ
4. Most Popular Song of the Year – ठमेल बजार.. – ‘लुट २’ – कालीप्रसाद बास्कोट
5. The Best VFX of the Year – सत्यम राना र सुदिप आचार्य – जय पर्शुराम
6. The Director of The Highest Box Office Grosser Movie of the Year – छक्का पञ्जा – दिपाश्री निरौला
7. The Most Commendable Movie of the Year – विजुली मेसिन – नविन अवाल
8. The Most Popular Actor (Male) of the Year – दिपकराज गिरी – छक्का पञ्जा
9. The Most Popular Actor (Female) of the Year – प्रियंका कार्की – छक्का पञ्जा
10. The Best Editor of the Year – अर्जुन जीसी – विर विक्रम
11. The Best Background Score of the Year – गाजलु – शैलेश श्रेष्ठ
12. The Best Screenplay of the Year – जात्रा – प्रदिप भट्टराई
13. The Best Playback Singer (Male) of the Year – युवराज चौलागाइ – तिमी साथमा…पलाँस
14. The Best Playback Singer (Female) of the Year – मिना निरौला – ठमेल बजार….लुट २
15. The Best Cinematographer of the Year – जात्रा – दिर्घ गुरुङ
16. The Best Action Coordinator of the Year – के म तिम्रो होइन र – हिमाल केसी
17. The Best Choreographer of the Year – पुर्व पश्चीम रेल – छक्का पञ्जा – कविराज गहतराज
18. The Best On-screen Couple of the Year – मेनुका प्रधान र माओत्से गुरुङ – पुरानो डुङ्गा
19. The Best Music Director of the year – कालिप्रसाद बास्कोटा –निर जहिले रिसाउने… पुरानो डुंगा
20. The Best Actor (Female) of the Year – वर्षा राउत – जात्रा
21. The Best Actor (Male) of the Year – बिपीन कार्की – जात्रा
22. The Best Director of the Year – प्रदिप भट्टराई – जात्रा
23. The Best Film of the Year – जात्रा – ‘षट्कोण आर्टस’भिडियो :