बलीउड अभिनेता शाहिद कपूर ३६ बर्षका भइसकेका छन् । २००३ मा इश्क विश्कबाट बलीउड फिल्ममा आफ्नो पाइला अगाडी बढाएका शाहिदले विवाह (२००६), जब वी मेट (२००७), कमीने (२००९), हैदर (२०१४), उडता पंजाब (२०१६), रंगून (२०१७) जस्ता फिल्महरुबाट आफ्नो छुट्टै स्टारडम बनाइसकेका छन् । यी सबै फिल्महरु मध्ये ‘जब वी मेट’ उनको पर्सनल र प्रोफेशनल करियरका लागि टर्निंग प्वान्इट सावित भयो ।
त्यस बेला करीना कपूर र शाहिदको सम्बन्धको विषयमा तपाईहरुलाई हामीले धेरै बताइरहनु पर्दैन । ‘जब वी मेट’ को शूटिंगको क्रममा यो जोडीको ब्रेकअप भएको थियो । प्रेम सम्बन्ध टुटेपछि उनीहरुको यो पहिलो फिल्म थियो, जसलाई दर्शकहरुले निकै रुचाएका थिए । बताइदिउँ कि, इम्तियाज अलीको डायरेक्शनमा बनेको यो सुपरहिट फिल्म २६ अक्टूबर, २००७ मा रिलिज भएको थियो ।