बलीउडका ‘सुल्तान’ सलमान खानले आफ्नो नयाँ फिल्म ‘ट्युवलाइट’ को प्रचारको लागि बनाएको योजना परिवर्तन गरेका छन् । स्रोतहरुका अनुसार, ‘बाहुबली’ को सिक्वेलको धेरै चर्चाको कारणले उनी डराएका हुन् ।
अब, उनले आफ्नो फिल्म ‘ट्युवलाइट’ को प्रचार बाहुबली रिलिज भएपछि गर्नेछन् । उनले बुझेका छन् कि त्यसभन्दा पहिला फिल्मको प्रवद्र्धन गर्दा धेरै प्रभावकारी हुने छैन् । त्यसैले उनले ‘बाहुबली २’ को लागि मैदान खालि छोडिदिएका हुन् । गत वर्ष सार्वजनिक भएको एसएस राजामौलीको ‘बाहुबली द बिगिनिङ’ सुपर हिट भएको थियो र त्यसको सिक्वेल ‘बाहुबली द कन्क्लुजन’ अप्रिल २४ मा रिलिज हुँदै छ । यो फिल्मको प्रतिक्षा भारतका मात्रै होइन पुरै दुनियाँभरका दर्शकहरुले गरिरहेका छन् । त्यसैले सलमान खानले ‘बाहुबली’ भन्दा पहिला न ‘ट्युवलाइट’ को प्रोमोको बारेमा सोचेका छन् न त प्रमोशनको बारेमा सोचेका छन् । सलमानको मुख्य भुमिका रहेको ‘ट्युवलाइट’ २३ जुनमा रिलिज हुँदै छ भने जुन २६ मा इद रहेको छ ।