हालैमा खबर बाहिर आएको थियो कि चिरञ्जिवीका छोरा रामचरण तेजा पिता बन्दैछन् । तर, अहिलेसम्म रामचरणले यस विषयमा कुनै जबाफ दिएका थिएनन् । हालैमा उनको नजिकको स्रोतले बताए अनुसार, उक्त खबरमा कुनै पनि सत्यता छैन किनकी उनकी श्रीमती न गर्भवती छिन् न रामचरण पिता नै बन्दैछन् । रामचरण आफ्नो करन्ट प्रोजेक्ट्सको कम्पलीट गर्न लागि रहेका छन् र उनले तत्काल चाइल्ड प्लानिंगको तयारी गरेका छैनन् । गएको सोमबार यो खबर भाइरल बनेको थियो कि रामचरण पिता बन्दैछन् ।
रामचरण तेजाले १ डिसेम्बर, २०११ मा अपोलो हस्पिटल्सकी एग्जीक्यूटिव चेयरम्यान प्रताप सी रेड्डीकी छोरी उपासना कमिनेनीसँग इन्गेजमेन्ट गरेका थिए । १४ जुन २०१२ मा टेम्पल ट्री फार्म हाउसमा उनीहरुले विवाह गरेका थिए ।