कबीर खानको फिल्म ‘टाइगर जिन्दा है’ मा सलमान खानको अपोजिट भिलेनको भूमिका निर्वाह गर्न लागेका यी व्यक्तिको ” गहिरो सम्बन्ध छ । फिल्म ‘बाहुबली’ का निर्देशक राजामौलीसँग सलमानका यी भिलेलेन कयौं फिल्ममा काम गरिसकेका छन् । साउथका धेरै फिल्ममा उनलाई खतरनाक एक्सन गर्दै गरेको देखिसकिएको छ ।
फिल्म ‘टाइगर जिन्दा है’ का भिलेनको नाम पनि बाहिर आएको छ । खबरलाई आधार मान्ने हो भने टाइगर जिन्दा है फिल्ममा सुदीप निगेटिभ भूमिकामा देखिन लागेका छन् र उनले सलमानलाई टक्कर दिनेछन् । फिल्ममा यी दुईको गज्जबको एक्सन सिन रहनेछ । सुत्रका अनुसार, यो फिल्ममा उनी पाकिस्तानी ‘रअ’ एजेन्टको भूमिकामा देखिनेछ ।
अहिले यो फिल्मको अष्ट्रेलियामा पहिलो शेड्यूलमा छायाँकन भइरहेको छ । जसमा कटरीना र सलमानका साथ सुदीपले पनि हिस्सा लिएका छन् ।