कलर्समा सुरु भएको ‘कमेडी नाइट्स विद कपिल शर्मा’ मा गुत्थीको भूमिका निर्वाह गरेपछि एकाएक चर्चामा आएका कमेडियन सुनील ग्रोवर अहिले ‘द कपिल शर्मा शो’ मा रिंकू भाभी र डाक्टर मशहूर गुलाटीको भूमिकाबाट दर्शकहरुको पेट मिची मिची हसाउँदै आइरहेका छन् । आफ्नो मेहेनत र दर्शकको मायाले सफलताको सिढी चढिरहेका सुनील ग्रोवर अहिले लग्जरी कार BMW5 Series मा सफर गर्ने गर्छन ।
हैरान नहुनुहोस्, जुन कारको बलीवुड इन्डस्ट्री पागल छ र आम जनता जुन कारमा सफर गर्ने सपना बुन्दछन् डाक्टर मशहूर गुलाटी अर्थात सुनील ग्रोवर त्यही कम्पनीको कार BMW5 Series मा यात्रा गर्ने गर्छन ।
BMW5Series कम्पनीको मिड साइज लग्जरी कारहरु मध्येको एक हो । BMW5 स्पोर्टी सिडान कम्पनीको बेस्टसेलर ब्राण्ड हो ।
कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको बढ्दै गएको विवादलाई देख्दा यो लाग्दैछ कि डाक्टर मशहूर गुलाटी अब सोनी टिभी शो द कपिल शर्मा शोमा देखिने छैनन् र चाँडै उनी शो छोड्दैछन् ।