नेपाली मूलकी बलीउड अभिनेत्री मनिषा कोइराला अहिले नेपालमा छिन् । यसको जानकारी मनिषाले आफ्नो इन्स्टाग्राममार्फत दिएकी हुन । धुलिखेलको द्धारीका होटलमा बसेको केही तश्वीरहरु उनले हालैमा आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले धुलिखेलको मौसमको तारिफ गर्दै शेयर गरेको तश्वीरमा पूर्व राजकुमारी हिमानी शाह पनि छिन् । मनिषाले शेयर गरेको तश्वीर हेर्दा यस्तो लाग्छ हिमानीसँग उनको कुनै विषयमा गोप्य छलफल भएको छ । उनीहरुले आज विहानको खाना पनि सँगै खाएका थिए ।
मनिषा र हिमानीसँग दुई महिला पनि साथमा छन् । तश्वीरसँगै पोष्ट गरेको क्याप्सनमा भने मनिषाले भेटघाटको विषयमा अन्य जानकारी दिएकी छैनन् । अकस्मात मनिषा नेपाल आउनु र पूर्व हिमानीसँग धुलिखेल पुगेर भेट गर्नुले उनीहरु बीच कुनै विषयमा गहिरो छलफल भएको तश्वीरबाट नै अनुमान लगाउन सकिन्छ ।
पाठेघरको क्यान्सरलाई जितेर दोस्रो जीवन सुरु गरेकी मनिषा अहिले बलीउड अभिनेता सञ्जय दत्तको जीवनमाथी निर्माण भइरहेको चलचित्रको काममा व्यस्त छिन् । उक्त चलचित्रमा मनिषा कोइरालाले बलीउड अभिनेता रणवीर कपूरकी आमाको भूमिका निर्वाहा गर्दैछिन् ।