बलीउडस्टार सलमान खान र यूलिया वन्तूरको रोमान्सको विषयमा विभिन्न खबरहरु बाहिर आइरहेका छन् । अहिले यो पनि खबर आइरहेको छ कि सलमानले यही बर्षको अन्त्यसम्ममा यूलियासँग विवाह पनि गरिसक्नेछन् । तर यस विषयमा अहिलेसम्म यि दुईले कुनै पनि जानकारी भने दिएका छैनन् । यही बिच एक रोमानियन टेब्लयडले यस्तो खुलासा गरेको छ कि जुन सुनेर सबैको होश उड्नेछ । टेब्लयडलाई मान्ने हो भने सलमान र यूलियाले गोप्य रुपमा विवाह गरिसकेका छन् । रोमानियामा यूलियालाई मिसेज खान नामले बोलाइने गरिन्छ । अब यो कुरामा कतिको सत्यता छ त्यो भने सलमान र यूलिया नै बताउन सक्नेछन् । हालै सलमानले लद्दाखमा चलचित्र ‘ट्यूबलाइट’ को शेड्यूल पुरा गरेका छन् । ‘ट्यूबलाइट’को छायाँकनको बेला यूलियापनि सलमानको साथमा थिइन । यूलिया, सलमानको परिवारसँग निकै नजिक छिन् । बतायएको छ कि सलमान र यूलियाको विचारपनि केही हदसम्म मिल्ने गर्छ ।