वलिउडमा पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन टाईगर श्राफ । पहिला केहि फिल्मबाट नै चर्चा पाएका उनको उचाई पछिल्लो पटक ‘वाघी’ फिल्मले झनै बढायो । अब उक्त फिल्मको सिक्वेल पनि निर्माण घोषणा भईसकेको छ । जहाँ उनि आफै लिड अभिनयमा हुनेछन् ।
रोचक कुरा त के आएको छ भने वाघी २ मा टाईगरले हिरोईन स्वरुप आफ्नै गर्लफ्रेण्ड पाएका छन् । निर्माता साजिद नाडियालाले यो समाचारको पुष्टि गरेका छन् कि टाईगर सँगै वाघी सिक्वेलमा उनी प्रेमिका दिशा पटानी देखिनेछिन् ।
‘वाघी’मा टाईगरको अपोजिटमा श्रद्धा कपुर देखिएकी थिईन् । तर सिक्वेललाई फ्रेस फेस खोजी भएको र जसमा टाईगरको अपोजिटलाई दिशा फिट भएको निर्माण टिमले बताएको छ ।