मुम्बई(एजेन्सी) । बलिउड फिल्म उद्योगमा धेरै कलाकारहरुको अफेयर आफ्नै समकालिन कलाकारसँग चल्ने गर्दछ । तर विवाहको कुरा आएपछि उनीहरु आफ्नो क्षेत्रको भन्दा बाहिरी क्षेत्रको दुलाहा अथवा दुलहीको खोजीमा जुट्छन् ।
बलिउड अभिनेता रणवीर कपुरलाई अहिले त्यस्तै अवस्था आइपरेको छ । कपुर खानदानका हेण्डसम छोराका रुपमा चिनिने रणवीर बलिउडका सबैभन्दा योग्य अविवाहित अभिनेताका रुपमा समेत परिचित छन् । क्याट्रिना कैफसँग अफेयर चलाइरहेका उनी अहिले आमाबाबुले नै मनपराएका केटीसँग विवाह गर्न राजी बनेका छन् ।
रणवीरका मातापिता नीतु सिंह र ऋषि कपुरले अहिलेसम्म पनि छोराको रोमान्टिक लाइफवाला युवती वा अन्य असंख्य प्रेमिकाहरु कसैलाई पनि विवाहको लागि मञ्जुरी दिएका छन् । रणवीरका एक मिल्ने साथीका अनुसार रणवीरकी आमाले केही गम्भीर बनेर रणवीरलाई आमाबाबुले नै छानेको केटी विवाह गर्न प्रस्ताव गरेपछि रणवीरले त्यसमा ग्रीन सिग्नल दिएका थिए । यो कुराबाट आमाबाबु चकित नै बने ।
छोराको मञ्जुरी पाएपछि अहिले ऋषि र नीतु योग्य बुहारी खोज्नका लागि फिल्म उद्योग बाहिरकी युवतीको खोजीमा छन् ।