शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाल्टिन’ले सुखद सुरुवात गरेको छ । निर्माता भानुप्रतापले फिल्मको ओपनिङबाट खुशी व्यक्त गरे । शुक्रबार मध्यम ओपनिङ गरेको फिल्मले शनिबार धेरै हलमा हाउसफुल विजनेस गर्न सफल भयो ।
काठमाडौंका मल्टिप्लेक्स हल सिभिल मल, विग सिनेमा, ल्याबिम लगायतका मल्टिप्लेक्समा फिल्मको दिवा सो हाउसफुल बनेको दाबी निर्माता ता प्रस्तुतकर्ता समेत रहेका भानुप्रतापको छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लिड अभिनयमा छन् ।
डेब्यू गरेका निर्जन र राजको काम दर्शकले बढि मन पराएका छन् । दुबै जनालाई संभावनावान अभिनेताको रुपमा लिईसकिएको छ । दुई दिनको यकिन कलेक्सन सार्वजनिक नहुँदा शनिबारको राम्रो विजनेस अनि वर्ड अफ माउथले आईतबारपछिका दिनमा पनि दर्शकको चाप बढ्ने आशा निर्माण युनिटले राखेको छ ।