बलीउड फिल्म ‘पार्च्ड’ को केही तस्बिरहरु हालै सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा एक्ट्रेस राधिका आप्टे र उनको को-स्टार आदिल हुसैन देखिएका छन्, जसमाराधिका लवमेकिंग सीनमा न्यूड देखिएकी छिन् । दोस्रो तस्बिरमा राधिका आफ्नो को-स्टार तनिष्ठा चटर्जीसँग कपडा फुकाल्दै गरेको देखिएकी छिन् । प्रोड्यूसर असीम बजाजलाई तस्बिर सार्वजनिक भएको कुनै पनि जानकारी छैन । तस्बिर सार्वजनिक भएपछि उनले बताएका छन्, ‘फिल्म अहिले अमेरिका र फ्रान्समा रिलिज भएको छ र सम्भव यो छ कि त्यहीबाट फिल्मको केही दृश्य काटेर लिक गरिएको हो । हामीले फिल्मको पब्लिसिटीका लागि कुनै पनि यस्ता काम गरेका छैनौ तर यसबाट हाम्रो फिल्मलाई राम्रो भइरहेको छ भने त्यसबाट मलाई कुनै दुखेसो छैन । हामी यो विषयमा लीगल एक्शन लिने सोचमा थियौ तर हामी यस विषयमा केही पनि गर्न सक्दैनौ किनकी यो कसले गरेको त्यो हामीलाई पनि थाहा छैन ।’ केही दिन अगाडी मात्र एक नयाँ चलचित्रमा राधिका आप्टेले दिएको न्यूड तस्बिरहरु सार्वजनिक भएको थियो ।