युट्युबमा नेपाली ‘सर्ट मुभी’ हेर्ने दर्शकहरुलाई अमृत ढुंगाना कुनै नौलो नाम हैन। सर्ट मुभिमा अभिनय गरेर उनले युट्युबमा निकै लेकप्रियाता पाइसकेका छन्। उनको फ्यानहरुको जमात पनि राम्रै छ।
सर्ट मुभिमा जमिरहेका उनले हाल प्रदर्शनरत फिल्म ‘सायद २’ बाट ठुलो पर्दामा डेब्यु गरे। फिल्म ‘सायद २’ ले सन्तोषजनक व्यापार नगरे पनि फिल्म हेर्ने दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मको कथाबस्तु र प्रस्तुतिकरणलाइ दर्शकले मन पराएका छन्। त्यसमा पनि दर्शकले खस मन पराएको पक्ष भनेको अमृत ढुंगानाको अभिनय, उनको क्यारेक्टर र उनको डाइलग नै हो।
फिल्ममा उनले बोलिरहने संबाद ‘मायाको छोरो’ सबैको मुखमा झुण्डियो। उनको डाइलग बोल्ने तरिकालाई पनि दर्शकले मन पराइदिए। फिल्ममा उनि ३ जना साथीहरु मध्यको एक पात्र हुन्छन। उनले मन पराएको केटि अर्कै केटाले मन पराएपछि उसैको साथि बनि उसैलाई फसाउन खोज्छन अमृतले। सुरुमा राम्रो काम गरेको जस्तो देखाए पनि उसको असली रुप फिल्मको अन्त्य हुनु भन्दा केहि अघि मात्र थाहा हुन्छ। जब उनको असली रुप थाहा हुन्छ तब दर्शक अलमलमा पर्न सक्छन।
समग्रमा हेर्दा फिल्मको सबै भन्दा बलियो पाटो भनेको अमृत ढुंगानाको अभिनय पनि हो। फिल्म ‘सायद २’ हेरेका प्राय: दर्शकले उनको खुलेरै तारिफ गरिरहेका छन्। फिल्म क्षेत्रमा उनलाई अबको उदाउदो स्टारको रुपमा पनि हेर्न सकिन्छ।