मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अजय देवगन कमेडी, एक्सन र रोमान्टिक सबै फ्लेबरका फिल्ममा अभिनयका लागि उपयुक्त कलाकारका रुपमा चिनिन्छन् । अब यी कलाकार नयाँ अवतारमा दर्शकमाझ आउने भएका छन् । नयाँ फिल्म ‘तानाजीः द अनसंग वारियर’मा अजय सूबेदार तानाजी मालुसरेको चरित्रमा आउन लागेका हुन् ।
अजयले गए राती सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुक सार्वजनिक गरेका छन् । अजयले आफू यो फिल्ममा लामो समयदेखि काम गरिरहेको बताएका छन् । बाहुबलीको जस्तै फ्लेबरमा फिल्मको फष्टलुकमा अजयलाई देखन सकिन्छ । फिल्म २०१९ मा रिलिज हुनेछ । अजय योबाहेक ‘गोलमाल’ चौथो संस्करणमा पनि छन् ।