मुम्बई(एजेन्सी) । बलिउडका सुल्तान तथा सबैको रुचाइएका अभिनेता सलमान खान आफ्नो अभिनय करियरमा नै पहिलोपटक यस्तो काम गर्दैछन् । जुन काम सुन्दा उनका फ्यानका लागि नयाँ कुरा हुनेछ । यसपटक सलमान ‘नेवर बिफोर’ भूमिकामा देखिदैछन् । सलमान आफ्नो आउन लागेको फिल्ममा आफ्नो स्टारडमलाई नयाँ लुक्समा दर्शकमाझ ल्याउँदैछ । त्यो फिल्म अरु कुनै नभई ‘रेस ३’हो । जुन फिल्मको निर्माण रमेश तौरानीले गरिरहेका छन् ।
समाचार अनुसार फिल्ममा सलमान खान भिलेन चरित्रमा देखिँदैछन् । उनको लुक्स स्टाइलिष्ट किसिमको हुनेछ । तौरानीले फिल्ममा सलमानको भूमिका यसअघिका दुई फिल्ममा सैफ अली खानको भूमिका जस्तै हुनेछ । यो फिल्ममा सलमानका साथ ज्याकुलिन फर्नान्डिज पनि देखिनेछिन् ।
यसअघि सलमान र ज्याकुलिनले फिल्म ‘किक’मा आफ्नो कला देखाइसकेका छन् । ‘रेस ३’को सुटिङ अक्टोबारदेखि मुम्बइबाट शुरु हुनेछ । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ । फिल्मको निर्देशन रेमोश डिसुजाले गर्नेछन् ।