सलमान खान अभिनित चलचित्र ‘तेरे नाम’ बाट बलीउडमा डेव्यू गरेकी बलीउड अभिनेत्री भूमिका चावला छिल्लो ९ बषदेखी बलीउड चलचित्रबाट टाढा छिन् । १२ अगस्त, १९७८ मा न्मिएकी भुमिकाले तेरे नाममा निर्जराको भुमिका निर्वाह गरेकी थिइन । उनको यो चलचित्र सुपरहिट मात्र होइन उनलाई पनि पपुलर बनाएको थियो तर भुमिका त्यसपछि भने बलीउड चलचित्रबाट टाढा नै रहिन् । तेरे नामपछि उनले २००७ मा उनले अभिनय गरेको गांधी माई फादर रिलीज भएको थियो । धोनीको बहिनी बनेर भुमिका फेरी पदामा फर्किएकी छिन् ।
भूमिकाले तेरे नामपछि बाद रन, दिल ने जिसे अपना कहा, सिलसिले, दिल जो भी कहे जतो फिल्ममा काम गरेकी थिइन । त्यपछि बलीउडबाट टाढा रहेकी भुमिकालेसोही बेला फेमस योग गुरु भरत ठाकुरुसँग विवाह गरिन् । सुशांत सिंह राजपूत स्टारर एम एस धोनी : द अनटोल्ड स्टोरीमा धोनीको बहिनीको भुमिका निर्वाह गर्दे गरेको अबस्थामा भुमिकालाई भेटिनेछ । नीरज पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्र ३० सेप्टेम्बरमा रिलिज हुँदैछ ।