काठमाडौं | नायक भुवन केसीकी पूर्वपत्नी तथा सुपरस्टार नायक अनमोल केसीकी आमा नायिका सुस्मिता केसीले इन्गेजमेन्ट गरेकी छिन्। सुस्मिताले गएको ९ सेप्टेम्बरमा अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन्। अष्ट्रेलियामा बस्दै आएका किलन एक धनाड्य व्यापारी हुन्।
परिवारिक सहमतीमा नै सुस्मिताले उक्त इन्गेजमेन्ट गरेकी हुन्। उनले छोरा अनमोलको स्विकृतिमा किलनसँग इन्गेजमेन्ट गरेकी हुन्। सुस्मिता र किलनको बिबाह आगमी भ्यालेन्टाइन डेमा हुने तय भएको छ।
केही वर्ष अघि नायक भुबन केसीसँग छुट्टिएर बसेकी सुस्मिता फिल्म क्षेत्रमा नै सकृय थिइन्। उनले दुई वर्ष अघि फिल्म म त तिम्रै हुँ निर्माण गरेकी थिइन्।