काठमाडौं | असोज ३० गते फूलपातिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय भोले’ले रिलिज मिति नजिकिएसँगै आफ्नो प्रचारलाई तिव्र परिरहेको छ। हाल प्रचारका लागि जय भोले टिम कलेज कलेजमा पुगिरहेको छ।
कलेज पुगेर विद्यार्थीहरुसँग साक्षात्कार गर्दै निर्माण युनिटले फिल्मको बारेमा जानकारी दिइरहेका छन्। फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेतसँगै निर्माता तथा निर्देशक अशोक शर्मा पनि कलेजसम्म पुगिरहेका छन्।
फिल्म युनिटले ३ दिनमा करिब दर्जन कलेज तथा स्कुलमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेका छन्। प्रचारका लागि कलेज पुगेका निर्देशक शर्माले भने, ‘विद्यार्थीहरुले फिल्म हर्नका लागि उत्साह देखाउनु भएको छ।’