फिल्म ‘क्याप्टेन’को नयाँ गीत रिलिज भएको छ। फिल्म रिलिज भएको एक साता पछि ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतको भिडियोमा भने नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचरिङ गरिएको छ।
भिडियोमा अनमोल केसी दुई नायिकाको प्रेममा परेको देखाइएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको छ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन्। फिल्ममा नायक अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएका छन्। फिल्मले पहिलो साता निकै राम्रो व्यापार गर्न सफल भएको छ।
हेर्नुहोस गीत :