कात्तिक ८ गते बाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘पोइ पर्यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धर फिचर छन्।
शिशिर राणाको निर्देशनमा बनेको यस फिल्ममा बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयंको पनि अभिनय रहेको छ। निर्देशक राणाको कथा रहेको फिल्ममा सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्।
दीपक मनाङे (राजीव गुरुङ), अमला देवी राई, किरण नेपाली, अर्जुन खनियाँ र देव तामाङलगायतको लगानी रहेको फिल्ममा लाल बहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन छ।