काठमाडौं । मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म ‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’ सार्वजनिक भएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।
गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर, उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत छ । भिडियोमा जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्धि पौडेल फिचर्ड छन् ।
अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्म विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको फिल्म ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।
फिल्ममा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,अनीता केसी,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।
रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको फिल्मको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।