नायिका निशा अधिकारी र दीया मास्केले पहिलो पटक फरक खाल्को म्यूजिक भिडियोमा काम गरेका छन् । ‘अन्तिम प्रश्न’ बोलको म्यूजिक भिडियोमा निशा र दीया मास्के समलिंगी जोडीको रुपमा देखिएका छन्। पर्फोमिङ आर्ट क्रियशन प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनीहरुलाई समलिंगी जोडीको गहिरो प्रेमबीच देख्न सकिन्छ। यो म्युजिक भिडियोमा दिया टाढा हुँदाको समय निशाको तड्पाइ र अन्तिममा दियाको हत्या घटनापछि निशाले पनि मृत्युवरण गरेको दृश्यलाई भिडियोमा देखाइएको छ। द ब्ल्याक हव्क नेपाल ब्याण्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको उक्त गीतको भिडियो वेभ म्यागजिन प्रोडक्शन टिमले छायाँकन र सम्पादन गरेको हो भने राज केसीले निर्देशन गरेका हुन्।