तपाईहरुलाई पत्यार नलाग्न सक्छ, एउटा म्यूजिक भिडियो खिच्न पनि १२ वटा क्यामेरा प्रयोग गरिएको छ । अक्षताको ‘आलोप’ का लागि यी सबै क्यामरा प्रयोग भएका हुन् । सञ्चारकर्मी अमन प्रताप अधिकारीको निर्देशनमा तयार भएको यस भिडियोमा अक्षतासंगै शुभ आचार्य र समुहले फ्ल्याश मुभ गरेका हुन् । गीतको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । यस भिडियोलाई प्रमोद कार्की, नविन श्रेष्ठ, उमंग शाही, उपेन्द्र मान सिंह लगायतका १२ जना सिनेम्याटोग्राफरले यो भिडियो एकसाथ खिचेका हुन् । भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । निर्देशक अमनकै पिता स्वर्गीय क्षेत्र प्रताप अधिकारीको शब्द रहेको यस गीतमा स्वर अमनको छोरी अक्षताले दिएकी हुन् । गीतमा संगीत भने कोबिद बज्रले दिएका छन् ।