लोकप्रिय गायक तथा एरेन्जर सुनील बर्देवाको मंगलबार राति निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनले विक्रम संवत् २०५० को दशकमा गाएका गीतहरु अझै पनि लोकप्रिय छन्। ‘गोरेटो अनि उस्तै छ गल्ली’ उनको सदाबहार गीत मध्ये एक हो। पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ । उनको मेरो गितार, कन्फ्युज, जब म, बेस्ट अफ सुनील बर्देवालगायत आधा दर्जन गीति एल्बम प्रकाशित छन् । ‘मायालु तिमीलाई’, ‘बिहानीमा अनि साँझमा’ लगायतका उनका दर्जनौँ गीत चर्चित छन् ।