इण्डियन क्रिकेट टीमका क्याप्टेन महेन्द्र सिंह धोनीको जीवनीमा आधारित भएर निर्माण भएको चलचित्र ‘एमएस धोनी द अनटोल्ड’ ले अहिले भारतीय बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । प्रदर्शनमा आएको पहिलो दिन २१.३० करोड, दोस्रो दिन २०.६० करोड र तेस्रो दिन २४.१० करोडको व्यापार गर्दै चलचित्र ‘एमएस धोनी द अनटोल्ड’ ले कुल ६६ करोडको विजनेश गरेको छ । यो व्यापारलाई ट्रेड एनालिस्ट तरण आदर्शले उच्च रहेको बताएका छन् । उनका अनुसार यसरी नै चलचित्र धोनीले विजनेश गरे पहिलो हप्तामा नै सय करोडको आँकडा पार गर्नेछ । यो चलचित्रमा महेन्द्र सिंह धोनीको भुमिका बलीउड अभिनेता सुशान्त सिंहले निर्वाह गरेका छन् । चलचित्रमा सुशान्तका अलवा अनुपम खेर, भूमिका चावला, दिशा पाटनी, कियारा आडवाणी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई नीरज पाण्डेले निर्देशन गरेका हुन् ।