यूवा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का पछिल्लो समयको लोकप्रिय जोडी हो । केही बर्ष रिलेशनसिपमा रहेर गएको बर्ष मात्र बैबाहिक सम्बन्धमा बाँधिएका निश्चल र स्वस्तिमाको प्रेम देख्दा अहिले जो काहिँ पनि डाहा गर्ने गर्छन । निर्देशक निश्चल बस्नेत सार्वजनिक कार्यक्रममा पुग्दा श्रीमती स्वस्तिमासँग नै बढी जसो देखिने गर्छन । सोसियल मिडियामा समेत निकै चर्चित बनेको यो जोडीका शुभचिन्तक पनि उत्तिकै छन् । ‘लुट’, ‘टलक जङ भर्सेस टुल्के’ जस्ता चलचित्र निर्देशन गरेर आफुलाई सफल चलचित्र निर्देशकको रुपमा स्थापित गराएका निश्चलले केही दिन अगाडी मात्र ‘लुट २’ को छायाँकन सकाएका थिए भने चलचित्र होस्टल रिटर्न्समार्फतबाट डेव्यू गरेकी स्वस्तिमाले केही दिन अगाडी मात्र ‘लभ लभ लभ’ को सुटिङ सकाएकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने यो जोडीले हालै एक क्याप्सनसहितको दुई फोटो पोष्ट गरेका छन् ।
एक फोटोमा निश्चल र स्वस्तिमा एकअर्कासँग अंकमाल गर्दै माया देखाएका छन् भने अर्को तस्बिरमा निश्चल आफ्नो गाडी अगाडी बसेका छन् । फोटो भन्दा पनि निश्चलले लेखेको क्याप्सन चाहिँ निकै मजेदारको छ । उनले फोटो पोष्ट गर्दै लेखेका छन्, ‘When you have a loving wife as your companion driving for 12 hrs straight is also fun. न काउली न सिमी, डाईबर म खलासी तिमी !!!’