बलीउड अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुर चाँडै एक बलीउड चलचित्रमार्फत डेब्यू गर्दैछिन् । उनी यस अघि नै ‘डेटिङ’ को खबरले निकै चर्चामान आएकी थिइन् । जसले गर्दा आमा श्रीदेवीको चिन्ता बढ्न थालेको छ।
यसैले बोनी कपुर र श्रीदेवीले आफ्नो छोरीको चियोचर्चा गर्न थालेका छन्। केही दिनअघि मात्र जान्ह्वी कपुरको असजिलो फोटो भाइरल भएको थियो। तस्बिरमा उनी आफ्नो केटासाथी शिखर पहाडियासँग थिइन्। ‘ब्वाइफ्रेन्ड’ सँग चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि श्रीदेवीले छोरीको पछाडि गस्ती टोली नै छोडेकी छिन्। उनले छोरीका लागि कडा कानुन पनि बनाएकी छिन्।
उनले आफ्नो छोरीलाई ‘नो ब्वाइफ्रेन्ड’ को कडा नियम लागू गर्न उर्दी लगाएकी छिन्। लामो समय बलिउडमा काम गरिसकेकी श्रीदेवीलाई करिअरभन्दा अगाडि फैलिने कुराले कति घाटा हुन्छ, त्यो राम्रैसँग थाहा छ। श्रीदेवी स्वयम् सानो उमेरमा फिल्ममा प्रवेश गरेकी थिइन्।
उनी पनि आफ्नो आमाको सबै कुरा पछ्याउने गर्थिन्। त्यसैले उनी चाहन्छिन्, छोरीले पनि आफ्नो कुरा मानोस्। त्यसैले उनले छोरीको अगाडि ‘नो ब्वाइफ्रेन्ड’ को नियम लगाएकी छिन्। जान्ह्वी कपुर छिट्टै करण जोहरको फिल्म ‘शिद्धत’ मार्फत बलिउडमा प्रवेश गर्दैछिन्। फिल्ममा उनको नायकको रुपमा वरुण धवन छन्।