कनाडियन ब्लगर कैमिला उस्मान अहिले सोशल मीडियामा छाएकी छिन् । यस पटक उनको चर्चा ब्लगलाई लिएर होइन, इंस्टाग्राममा पोस्ट गरेको फोटोजको कारण भएको छ । कैमिलाले इंस्टाग्राममा यस्ता केही तस्बिरहरु पोस्ट गरेकी छिन्, जसमा उनी विल्कुलै रियलिटी स्टार र सुपर मोडल किम कार्दशियन जस्ती देखिएकी छिन् । कैमिलाको फिजिक, फेस र स्टाइल किमको जस्तै देखिन्छ ।
कैमिला आफ्नो इंस्टाग्राममा प्राय किमका स्टाइलमा फोटोज शेयर गरिरहेकी हुन्छन् । हालैमा भएको रियलिटी शो ‘कीपिंग विद कार्दशियन’ मा किमको एक फ्रेण्ड जोनाथन चेबनले उनको भेट कैमिलासँग गराएका थिए । कैमिलालाई देखेर किम चकित भएकी थिइन । पछि किमलेने कैमिलासँग केही फोटोहरु पनि लिएकी थिइन ।