बलीउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराटी कोहलीको सम्बन्धबारे धेरैलाई थाहा छ । तर, अनुष्कालाई बिराट कोहलीभन्दा पनि अरु नै कोही ज्यादा ह्याण्डसम लाग्छ । एक अन्तर्वार्तामा उनले यस्तो कुरा बताएकी हुन् । उनलाई कोहलीभन्दा पनि अक्षय कुमार निकै ह्याण्डसम र हट लाग्ने बताएकी छिन् । एक म्यागजिनले अन्तर्वार्ताका क्रममा उनलाई प्रश्न गरेको थियो । धेरैको अपेक्षा थियो उनले बिराटको नाम लिनेछिन् तर उनले अक्षयको नाम लिइन् ।
अक्षय कुमार र अनुष्काले फिल्म ‘पटियाला’ मा सँगै काम गरिसकेका छन् । अनुष्काले भनिन्,‘अक्षय बलिउडका सबैभन्दा हट मर्द हुन् ।’ उनलाई हरेक चिज सुट गर्छ । अक्षयको तारिफ गर्दै अक्षय भारतको जर्ज क्लुनी समेत भएको बताइन् । पछिल्लो पटक अनुष्काद्वारा अभिनीत फिल्म ‘ए दिल है मुस्किल’ बक्स अफिसमा राम्रो कलेक्शन गरेको थियो ।