चुनाव र भाले भीडन्तका बारेमा अनेकन किस्सा सुनिएकै हो । तर एउटै चुनावी मैदानमा एउटै घर परिवारको भाउजु र देवर एउटै पदमा भीड्न लागेको सुनिँदै मात्र छैन यस प्रकारको दृश्य रोमाञ्चक पहिलोपटक भृकुटीमण्डपमा देखिएको छ । नेविसंघको ११ औं महाधिवेशनमा यस्तो दृश्य देखा परेको हो ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा देवर भाउजुबीच कडा प्रतिष्पर्धा हुँदैछ ।नेताले आफ्ना आफ्ना उम्मेद्धार च्याप्ने क्रमका बीचमा चुनावी मैदान देवर भाउजु नै भीडन्तमा उत्रिएका भेटिएको छ ।
दोलखाका बिनिता अधिकारी र कुन्दनराज काफ्ले नाताले देवर भाउजु हुन । कुन्दन माइलाका नाती र बिनिता जेठाकी नातिनी बुहारी रहेछन । यस हिसाबले बिनिता कुन्दनकी भाउजु हुन् । यी दुबै नेविसंघको अध्यक्षका रुपमा आफूलाई चुनावी मैदानमा उतारेकाछन ।
दाजुभाईका नाति र नातिनी बुहारी उनीहरु अलग–अलग समूहबाट प्रतिनिधित्व गर्दैछन् । बिनिता रामचन्द्र पौडेल र कुन्दन नेता कृष्णप्रसाद सिटौला नजिकका मानिन्छन् ।
उनीहरुको घर पनि सँगै छ । पारिवारिक नता भएपनि राजनीतिमा त्यति राम्रो सम्वन्ध बन्न सकेको छैन । कुन्दन पशुपति क्याम्पस चावहिलका पूर्व स्ववियु सभापति हुन् कुन्दन नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा दोलखाको पार्टी सभापतिमा उठेका थिए, चार जनामध्ये तेश्रो भएका उनलाई हराउन पनि भाउजु बिनिता कै प्रमुख भूमिका रहेको आरोप कुन्दनहरुको आरोप छ ।
राजनीतिक रुपमा एक–आपसमा द्धन्द्ध गरिरहँदा बेलामौका दुबैजनाको कुरा काट्नेहरुले राम्रो विषय पाएका छन् । दुवैजना सभापतिबाट पछि फर्कने सोचमा छैनन्, त्यसो हुँदापनि उनीहरुको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।
पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति बिनिताले आफ्नो उम्मेदवारीमा अडान कायम राखेकी छिन् । उनले शिक्षामा आमूल परिवर्तन गर्ने, विभिन्न क्रान्तिका माध्यमबाट देशर जनताका पक्षमा राम्रो काम गर्ने योजना बनाएकी छिन् ।
दोश्रो जनआन्दोलनमा स्ववियु सभापति रहेकी उनले पद्मकन्या क्याम्पसबाट आन्दोलनको लहर नै चलाएकी थिइन् । ‘आन्दोलन गरेर परिवर्तन गर्नुपर्छ भन्नेमात्र सोच थियो, जिवन रहन्छ कि रहँदैन मतलब गरिन’ उनी भन्छिन अहिले अनेकन बहाना गरेर मलाई सभापतिको उम्मेदवार बन्न नदिने खेल हुनसक्छ, मैले जित्दा नेविसंघ र देशले जित्छ, हार्दा लोकतान्त्रिक आन्दोलन र शहिदको सपनाले नै हार्छ ।’-एस काठमाडौं ।