धेरै बर्ष अगाडीको कुरा होइन, आजभन्दा ठिक एक बर्ष अगाडी नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको प्रेम चर्चाले नेपाली सिनेवृत नै राम्रै गर्माएको थियो । प्रेममा रहँदा आफुलाई आमेशको सबै मन पर्छ भन्न समेत नछोडेकी नीता र नीताको दुई मृगौला मध्ये एक फेल भए आफ्नो एक मृगौला दिने बताएका आमेशको प्रेम ४ बर्षको यात्रामा नै पूर्णविराम लागिसकेको छ ।
त्यस बेला यस्तो लाग्थ्यो उनीहरुको प्रेम साँच्चै परेवाको जोडी भन्दा कम छैन । तर, अब नीता र आमेशको प्रेमकथा एकादेशको कथामा मात्र सिमिति भएको छ । किनकी अहिले यो परेवाको जोडीको प्रेम खोलाको दुई किनार भइसकेका छन् । आमेश र नीताले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ जब असफल भयो त्यसपछि उनीहरुको सम्बन्ध चिसिएको खबर पनि एकपटक राम्रै चलेको थियो । तर, यो कुरा आमेश र नीताले लुकाउँदै आएका थिए । केही दिन अगाडी एक भिडियो अन्तर्वार्ताको क्रममा नीता स्वयमले आफ्नो र आमेश भण्डारीको ब्रेकअप भइसकेको बताइन । अन्तर्वाताकै क्रममा उनले आमेशसँग ब्रेकअप भएपछि झण्डै २ महिना मर्नु न बाँच्नु अबस्थामा पुगेको पनि बताएकी थिइन । तर, अहिले नीताको दैनिकी हेर्दा लाग्छ उनी ब्रेकअप भएपछि झन आफुलाई खुसी महशुस गरिरहेकी छिन् । ब्रेकअप भएपछि उनले नायक निखिल उप्रेतीको जोडी बनेर चलचित्र ‘निर्भय’ मा काम गरेकी थिइन भने हालैमा उनले चलचित्र ‘रेस’ को छायाँकन सकाइन । प्राय दैनिक जसो फेसबुकमा अपलोड हुने नीताको तस्बिर हेर्दा यो सजिलै अनुमान लगाउन सकिन्छ कि अहिले उनी ब्रेकअपको पीडा भुलेर नयाँ जीवन सुरु गर्देछिन् । पर्दामा दर्शकहरुले नीताको भूमिकालाई रुचाएपनि उनी अभिनित चलचित्रले भने व्यबसायिक सफलता हात पार्न सकेका छैनन् । त्यसैले पनि नीता अहिले आफ्नो स्थान कसरी जोगाउन सकिन्छ भन्ने धाउन्नमा देखिन्छिन् ।
उनले केही हप्ता अगाडी एक अन्तर्वार्ता दिँदै भनेकी थिइन, ‘झण्डै ४ बर्ष लामो प्रेम सम्बन्ध हाम्रो टुंगिसकेको छ । अहिले म काम नै फोकश छु । प्रेम सम्बन्धमा रहँदा काम गर्न मन नलाग्ने, कामहरु पनि केही न केही कारणले ठुक्राए त्यसैले पनि त्यो बेला म केही ब्याक भएको थिएँ । अहिले चाहिँ म काममा नै फोकश छु । अहिले आएर ब्बायफ्रेण्डभन्दा पनि काम नै ठूलो रहेछ भन्ने थाहा पाएँ ।’