हलीउड गायिका केटी पेरीले २०१६ को रियो ओलम्पिकका लागि बहुप्रतिक्षित म्यूजिक भिडियो ‘राइज’ सार्वजनिक गरेकी छिन् । पेरीले ट्वीट गर्दै बताएकी छिन् कि ‘सारा रगत पसिना र आँशु बगाएर हामी लगातार अगाडी बढिरहेका छौ । अन्तत मेरो भिडियो राइज आएरै छोड्यो ।’ यो भिडियोलाई पल गोरेले निर्देशन गरेका हुन् भने आयरिश र डेनी लेकवुडले निर्माण गरेका हुन् । सार्वजनिक भिडियोमा गायिका पेरी रातो प्यारासुटमा आकाशमा उड्न मेहनत गरेको देख्न सकिन्छ । पेरीले केही महिना अगाडी बताएकी थिइन कि उक्त गीत कयौ बर्षदेखी आफ्नो साथमा थियो ।