नेपाली काँग्रेसका नेता चक्रप्रसाद वाँस्तोला ४३ महिनादेखि ईन्तु न चिन्तुको अवस्थामा छन् । पूर्वमा भएको एक कार्यक्रममा सहभागी हुने क्रममा अकस्मात वेहोस भएपछि उनलाई मस्तिष्कघात भएको हो । त्यसयता उनी वेहोस छन् । तर, उनलाई होसियारीपूर्वक सम्हाल्ने काम उनको श्रीमती कुसुम वाँस्तोलाले गरिरहेकी छिन् । कुसुमले आफ्नो श्रीमानको स्याहार सुसार गरेको देख्नेहरु उनको समर्पणप्रति नतमस्तक हुन्छन् । यो त्यही समपर्णको कथा हो । -हाम्रो कथा