केही बर्षदेखी बलीउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली प्रेमसम्बन्ध रहेको खबरहरु बेला बखतमा बाहिर आइरहेका हुन्छन् । उनीहरुको विषयमा कहिले प्रेमसम्बन्ध बलियो बन्दै गएको खबर देखी कहिले प्रेम सम्बन्धमा पूर्णविराम लागेको खबरहरुले मिडिया नतातेको होइन । तर आजसम्म यो जोडीले प्रेमसम्बन्धको स्वीकार भने गरेका छैनन् । लामो समयदेखी विराटसँगको प्रेमसम्बन्धको बिषयमा चुप रहँदै आएकी अभिनेत्री अनुष्का शर्माले हालै एक अन्तर्वार्तामा कडा जबाफ फर्काएकी छिन् । उनले अन्तर्वार्तामा आफु आफ्नो निजी जिन्दगी देखेर खुसी रहेको बताइन । त्यसपछि पत्रकारले विराटसँगको सम्बन्धको विषयमा सोधे तब चाहिँ अनुष्का नराम्रोसँग रिसाइन । सुरुमा त उनले प्रश्न मोड्न चाहिन तर सकिनन् त्यसपछि उनले भनिन्, ‘मैले धेरै पटक भनिसकेको छु म रिलेसनशिपको बारेमा खुल्ला छु । र यस म्याच्यूरिटीका लागि म ह्यान्डिल गर्न चाहन्छु । वास्तबमा मान्छेहरु हाम्रो बारेमा गसिप चाहन्छन् कि हामी कहाँ मिल्यौ र कसरी मिल्यौ । हे भाई, यदी तपाई कोहीसँग डेट गर्दै हुनुहुन्छ भने ऊ सँग मिल्नु त हुन्छ नी होइन ? तर यहाँ कसैसँग मिल्दैमा निकै ठूला खबरहरु बनाइन्छ । मैले हालै एक फिल्ममा बेष्ट परफर्म दिए तर इन्टरभ्यूको हेडलाइनमा मेरो पर्सनल जिन्दगीको विषयमा जोडिन्छ ।’
उनले हलीउड एक्ट्रेसको विषयमा बोल्दै भनिन्, ‘हलीउड एक्ट्रेससँग पनि पर्सनल प्रश्नहरु सोध्ने गरिन्छ तर उक्त कुरा इन्टरभ्यूको हिस्सा मात्र हुन्छ । म जहाँ जान्छु त्यहाँ मलाई मेरो पर्सनल जिन्दगीको विषयमा मात्र प्रश्नहरु सोध्ने गरिन्छ । त्यसै कारण पनि म उक्त प्रश्नहरुको जबाफ दिनका लागि बच्ने गर्छु । अन्तर्वार्तामा फिल्म र करियरको विषयमा सोध्नु पर्छ तर यहाँ तपाईहरु कसरी मिल्नु भयो, कहाँ भेट्नु भयो, कहिले बिहे गर्दैहुनुहुन्छ लगायताका प्रश्नहरु सोध्ने गरिन्छ । सारा अन्तर्वार्ता निजी जिन्दगीको विषयमा मात्र फोकस हुने गर्छ ।’