सुपरस्टार सलमान खान बलीउडका यस्ता अभिनेता बनेका छन्, जसको दुई फिल्मले ३ सय करोडको आँकडा पार गरेको छ । हाल प्रदर्शन भइरहेको चलचित्र ‘सुल्तान’ ले ५ हप्ताको मंगलबारसम्ममा भारतबाट मात्र ३००.०६ करोडको व्यापार गरेको छ । यसअघि सलमान खानले नै अभिनय गरेको चलचित्र ‘बजरंगी भाईजान’ ले पनि ३ सय करोड माथीको व्यापार गरेको थियो । ‘सुल्तान’ बाट सय करोड पारिश्रमिक लिँदै बलीउडका सर्वाधिक महंगा अभिनेता बनेका सलमानको चर्चा अब फेरी एकपटक चुलिएको छ । विश्वभर असंख्य फ्यानका धनी सलमानले सुल्तान ३ सय करोडमा प्रवेश गरेको उपलक्ष्यमा केही दिन भित्रै आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिने कार्यक्रम रहेको भारतीय मिडियाहरुले बताएका छन् । सलमानको चलचित्र सुल्तानले नेपालमा पनि झण्डै ११ करोड माथीको व्यापार गरेको खबर छ ।