टिभीकी कान्छी बुहारी उर्फ रुबीना दिलाइक सीरियल ‘शक्ति : अस्तित्व के अहसास’ मा ट्रान्सजेन्डरको रोल प्ले गरिरहेकी छिन् । रुबीना दिलाइक सीरियलमा सौम्याको भूमिका निर्वाहा गरिरहेकी छिन् । रूबीनाले हालैमा इंस्टाग्राममा एक फोटो शेयर गरेकी छिन्, जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन् । यो फोटो रूबीनाका ब्बायफेण्ड अभिनव शुक्लाले खिचेका हुन । फोटोमा में रूबीनाले ‘थ्यांक्यू अभिनव शुक्ला’ पनि लेखेकी छिन् ।
रुबीना सिरियलमा आफ्नो ट्रान्सजेन्डर भूमिकालाई लिएर खुसी छिन् तर उनको परिवार भने खुसी छैनन् । रुबीनाले भनेकी छिन्, ‘मेरी आमालाई सिरियलमा मेरो रोलको विषयमा थाहा थिएन । मैले पनि यो ट्विस्टको बारेमा कसैलाई बताएकी थिइन । तर, जब एपिसोड अन एयर भयो र आमाले देखेपछि शाक्ड हुनुभयो ।’