बलीउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ । कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मृत्यु घोषणा समेत हुने गरेका छन् । यस्ता हल्लाको शिकार भएका छन् केही बलीउड सेलिब्रिटीहरु ।
आउनुहोस् हेरौ मृत्युको झुटो हल्लाको शिकार भएका बलीउड सेलिब्रिटीहरु :-
१. कटरीना कैफ
सन् २०१३ को नोभेम्बरमा एक फेसबुक पेजले कटरीना कैफ मरेको घोषणा गर्यो । उनका विश्वभरका फ्यानहरु आश्चर्य चकित परे । अचानक र असामाहिक निधन भएको भन्दै धेरैले दुःख समेत व्यक्त गरे । तर, पछि सोही पेजले कटरीना जिवित रहेको र स्वस्थ रहेको जानकारी गराएको थियो । उक्त पेज सामाचार झुटो भएको समेत स्विकार गरेको थियो ।
२. आयुषमान खुराना
अभिनेता, गायक, भिजे आयुषमान खुराना पनि यो हल्लाको शिकार भए । अभिनेताको पारिवारिक भ्रमणका क्रममा मृत्यु भएको खबर बाहिर आएको थियो । पछि आयुषमान स्वयमले नै आफु जिवित रहेको पुष्टि गरेका थिए ।
३. अमिताभ बच्चन
झुटो मरेको हल्लाको शिकार भए बलिउड बिग बि अमिताभ बच्चन । अमेरिकामा भएको एक दुर्घटनामा परि अमिताभ बच्चनको मृत्यु भएको हल्ला भाइरल भएको थियो । उनी विरामी पर्दाको तस्बिर जतिबेला उनलाई हस्पिटल लगिदै थियो त्यस फोटोको आधार मानेर पनि धेरैले उनको मृत्यु भएको मानेका थिए । पछि अमिताभ बच्चनले आफु त्यस्ता वाहियात कुराका कारण खुसी नभएको र यस्ता कुराहरु देखि आफु परै रहन चाहेको बताएका थिए ।
४. लता मङ्गेस्कर
भारतकी सुरकी रानी लता मङ्गेस्करको मृत्युको हल्लाले बलिउडमा ठुलै हंगामा ल्याएको थियो । टिवइटरमा उनलाई समवेदना दिने मानिसहरुको लर्को लागेको थियो । पछि लताले टिवइट गर्दै आफु जिवित भएको र यस्तो हल्ला आफुलाई कत्ति पनि मननपर्ने बताएकी थिइन् ।
५. दिलिप कुमार
दिलिप कुमार यस हल्लाको शिकार एकपटक होइन तीनतीन पटकसम्म भए । ह्वाट्स एपमा उनी मरेको हल्लाले ब्यापकता पायो । दिलिपले आफु हस्पिटलमा चेकअपका लागि गएको र मरेको हल्ला निराधार भएको पछि जानकारी गराएका थिए । तर, पुन फेरि उनी मरेको हल्ला पुन चलेको थियो । तेस्रो पटक अर्पिता खानको विवाहको दिन उनी मरेको हल्ला पुन चल्यो । सामाजिक सञ्जालमा उनका फ्यानहरुले समवेदना दिइरहेका थिए ।
६. रजनीकान्त
सन् २०११ मा लिजेण्डेरी एक्टर रजनीकान्त ऐलर्जीक ब्रोनकाइटिस्ट र भाइरल इनफेक्सनका कारण हस्पिटलमा भर्ना भए । तर, बाहिर उनी मरेको हल्ला चल्न थालेको थियो । टिवइटरमा ट्रेड नै चल्न थालेको थियो । जब समाचारले व्यापकता पाउन थाल्यो उनकी श्रीमतीले रजनीकान्त जिवितै रहेको पुष्टि गरेकी थिइन् ।
७. यो यो हनी सिंह
पछिल्लो पटक मरेको हल्लाको शिकार भए यो यो हनी सिंह । उनी मरेको भन्दै यस्तो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।