बलीउडको सर्वाधिक सफल फिल्म हो ‘शोले’ । जुन चलचित्र हेर्न अहिले पनि दर्शकहरु उतिक्कै लालहित हुन्छन् । १९९२ जुलाई २७ मा अलविदा भएका अमजद खानले ‘शोले’मा ‘गब्बर सिंह’ को भुमिका निर्वाह गरेका थिए । उनको निधन हुँदा पनि सबैले उनको शोलेको भुमिकालाई नै सम्झे । फिल्म हिन्दुस्तान की कसममा अमजद ले छोटोे भुमिका निर्वाह गरेका थिए । तर उनलाई चलचित्र शोलेको भने अचानक अफर आएको थियो । अथवा यो भनौ उनको भाग्यमा नै शोले लेखेर आएको थियो ।
सुरुमा शोलेको गब्बर भुमिकाका लागि शत्रुघ्न सिन्हाले स्वीकार गरेपछि डैनीले पनि काम गर्न मानेनन् । सोही बखत जावेद अख्तरले एक नाटकमा अमजदलाई देखेँ र रमेश सिप्पीलाई गब्बरको रोलका लागि अमजद खानको नाम बुझाए । पहिला शोलेमा गब्बरको लुक र काम गर्ने शैली फरक थियो । १९९७ को यो फिल्मको बसन्ती र गब्बरको भुमिका आजपनि कुनै कमेडी वा रियालिटी शोमा फरक फरक अन्दाजमा प्रस्तुत गर्ने गरिन्छ ।
धेरै फिल्ममा अमजदले भिलेनको भुमिका निर्वाह गरेका छन् तर गब्बरको उचाईलाई छुन सक्ने कुनै पनि भुमिका हिट भएनन् । अमजद खानले चरस, कालिया, बरसात की एक रात, जमाने को दिखाना है जस्ता फिल्ममा काम गरिसकेका छन् । यति मात्र होइन जितेन्द्र र जयाप्रदा स्टारर फिल्म सिंहासनमा अमजद महिलाको अवतारमा पनि देखिए । केही साउथ फिल्ममा समेत काम गरिसकेका अमजदले फिल्म यारानामा अमिताभको साथीको सकारात्मक भुमिका पनि निर्वाह गरेका थिए ।