बलीउड अभिनेत्री सन्नी लियोनीसँग चलचित्रमा काम गर्न नाम चलेका कलाकारहरु खासै चाहँदैनन् । पोर्न चलचित्र हुँदै बलीउडमा प्रवेश गरेका कारण सन्नीसँग काम गर्दा आफु बदनाम हुने डरले धेरै कलाकारहरु उनीसँग काम नगर्न पाएँ हुन्थ्यो भन्दै भाग्ने गर्छन । तर केही महिना अगाडी बलीउडस्टार आमिर खानले एक स्टाटस पोष्ट गर्दै आफु सन्नीसँग काम गर्न इच्छुक रहेको बताएपछि धेरै कलाकारहरुको मनस्थिती भने अहिले परिवर्तन भएको छ । त्यसैले होला बलीउड अभिनेत्री सोनाक्षी सिन्हा पनि एकै चलचित्रमा सन्नीसँग काम गर्न राजी भएकी छिन् । सोनाक्षीको मुख्य भुमिका रहने ‘नूर’ फिल्ममा सन्नी अतिथी भुमिकामा देखिदैछिन् । फिल्ममा सन्नी एक ग्ल्यामरस हिरोइनको भूमिका देखिनेछिन्। सोनाक्षी र सन्नी एकसानथ पर्दामा देखिन लागेको यो पहिलो पटक हो ।