नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कटौती गरेको छ । परिवर्तित तालिकाअनुसार अब सातामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ । यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।
प्राधिकरणका अनुसार अब हप्तामा एक दिन ६ घण्टा, एक दिन सात घण्टा, दुई दिन ८ घण्टा र तीन दिन साढे ६ घण्टा लोडसेडिङ हुनेछ ।