सिनेवृतमा यो खबर बारम्बार आइरहेको छ कि नायिका रेखा थापा र नायक आर्यन सिग्देलको सम्बन्ध राम्रै छैन । यस्ता खबरहरुले बेला बखतमा नेपाली मिडियाहरु पनि खुबै तात्ने गरेका छन् । अब कतै उनीहरु एकसाथ पर्दामा देखिन त लागेका होइनन् भन्ने आशंका माथीको हेडलाइनले तपाईलाई गराउन सक्छ । तर, त्यसो हुन लागेको भने पक्कै होइन । यी आर्यन सिग्देल होइनन् आर्यन अधिकारी हुन । ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका आर्यनले पहिलो पटक नायिका रेखा थापासँग स्क्रिन शेयर गर्ने भएका छन् । हाल प्रियंका कार्कीसँग‘बटरफ्लाई’ मा व्यस्त आर्यनले सविर श्रेष्ठको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘कसो कसो माया बस्यो’ मा रेखा थापासँग रोमान्स गर्न लागेका हुन । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा रामहरि धितालसँगको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । यसअघि सविरले रामहरिसँग मिलेर ‘तथास्तु’ नामक चलचित्र बनाएका थिए । बैशाखबाट फ्लोरमा जाने यो चलचित्रको कथा सविर आफैले तयार पारेका हुन ।