चलचित्र ‘अझै पनि’ निर्माण गरेकी निर्मात्री तथा फेशन डिजाइनर पुनम क्षेत्रीले वर्ल्ड फेशन परेडले आयोजना गरेको “न्युयोर्क फेशन वीक सिजन ३” मार्फत अन्तराष्ट्रिय फेशन शोमा आफ्नो डिजाइनहरु प्रस्तुत गर्ने भएकी छिन् । ११ फेब्रुवरीमा आयोजना हुन लागेको उक्त फेशन शोमा नेपालबाट प्रतिनिधित्व गर्दै उनी अमेरिका पुगेकी हुन् । उक्त फेशन शोमा उनले बिभिन्न जनजातिका पहिरनहरूलाई आधुनिक रुप दिई आफ्ना सृजनाहरु प्रस्तुत गर्नेछिन् । उक्त फेशन शोबाट सारा नेपाली एक हौ भन्ने एकताको सन्देश दिन खोजेको पनि पुनमले ‘सिनेखबर डटकम’ सँगको कुराकानीमा बताइन ।
पुनमले नेपालको राष्ट्रियता एवं साँस्कृतिलाई आधुनीकरण गरि समिश्रण गरिएको उक्त नमुनाहरूलाई अन्तर्राष्ट्रिय मोडलहरुले रेम्पमा प्रस्तुत गर्ने छन् । अन्तर्राष्ट्रिय स्टेजमा जनजातिलाई लिएर यसरी तयार पारिएको सम्भवत यो पहिलो फेशन शो हो । ‘ओ माई म्यान’ सर्ट मुभी समेत निर्माण गरेकी पुनमले चाँडै नयाँ चलचित्र समेत निर्माण गर्दैछिन् ।