स्थापित हेयर स्टाइलिसको परिचय बनाएका निलडेविड कटुवालले केही दिन अगाडी मात्र काठमाडौंमा नयाँ मेकअप स्टुडियो सञ्चालनमा ल्याएसँगै उनको व्यस्तता ह्वात्तै बढेको छ । राजधानीको सुन्धरास्थित सिभिल मलमा सञ्चालनमा ल्याइएको एनडिके (निल डेभिड कटुवाल) मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर’ मा ब्राइडल प्याकेज, एस्क्लुसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप, हेयरस्टायल साथै सेलिब्रटिदेखि दुलहा दुलही तथा सर्वसाधारणले स्टुडियोमा आएर मेकअप गरि सिधै पार्टी, सुटिङसेट, जग्गेमा जान सकिने ब्यवस्था छ ।
सिनेखबरकर्मी उक्त मेकअप स्टुडियो पुग्दा निलडेविड चलचित्र ‘साढे सात’ का कलाकारहरु सुनिल थापा, नायिका मेनुका प्रधान, गायक स्वरुपराज आचार्य, सत्यराज आचार्य लगायतलाई क्यारेक्टर अनुसार हेयर स्टाइलिङ्ग गर्न व्यस्त थिए ।
सिभिलमलको पहिलो तल्लामा रहेको निल डेभिड युनिसेक्स सैलुनसँगै सञ्चालनमा ल्याइएको उक्त स्टुडियोमा सेलिब्रेटी मेकअपदेखि सुटिङ र फोटो सेसनसम्मका सम्पुर्ण सेवा उपलब्ध हुनेछन् ।