बलीउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलीउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलीउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ । तर, हेर्दा उनीहरुको उमेर समान भएको लाग्दैन ।
हेरौ केही यस्तै वास्तिवक तर पत्याउन गाह्रो लाग्ने समान उमेर भएका बलिउड अभिनेता तथा अभिनेत्रीहरु :-
१. फिल्म निर्देशक रोहित सेट्टी र फिल्म निर्देशक तथा अभिनेता उदय चोपडा । उनीहरु ४२ वर्षका भए ।
२. ओम पुरी र नाना पाटेघर । यी अभिनेताहरुको उमेर ६४ वर्षको रहेको छ
३. सनी देवल र आलोक नाथ । यी अभिनेताहरु ५८ वर्षका भए ।
४. हेमा मालिनी र फरिदा जलाल । यी अभिनेत्रीहरु ६७ वर्षका भए ।
५. राम कपुर र ऋतिक रोशन । यी अभिनेताहरु ४२ वर्षका भए ।
६. शबाना आज्मी र बिन्दु देसाइ । यी अभिनेत्रीहरु ६५ वर्षका भए ।