‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्र ‘ईण्डलेस लभ’ को लिरिकल भिडियो गीत रिलिज भएको छ । प्रेमभाव बोल्ने ‘आई एम इन लभ’ बोलको गीतमा ‘फन्टास्टिक’ फेम गायक अल्मोडा राना उप्रेती र सुमन गुरुङको स्वर छ भने शब्द र संगीत जयन्त शर्मा रहेको छ । कलाकारहरुको नाम सार्वजनिक नगरिएको यो चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन । यशराज ढकालको लगानीमा निर्माण भएको यो चलचित्रमा ढकाल स्वयमकै लेखन रहेको छ । चलचित्रका गीतहरुमा अर्जुन पोख्रेल, जयन्त शर्मा र बसन्त सापकोटाको रहेको छ ।