नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले कलेज पढ्न सुरु गरेका छन् । कलेज ड्रेस लगाएर उनीहरु केही दिनदेखी कलेज जान थालेका हुन । तर, रियल लाइफमा होइन रिल लाइफमा । नायिका प्रियंका कार्की ‘के म तिम्रो होइन र’ फेम नायक आर्यन अधिकारीसँग नयाँ चलचित्र ‘बटरफ्लाई’ का लागि कलेज जान लागेकी हुन । केही दिन काठमाडौंमा खिचेर बाँकी छायाँकनका लागि पाल्पातिर जान लागेको यो चलचित्रमा आर्यन र प्रियंका मुख्य भूमिकामा छन् । प्राप्त तश्वीरमा नायक आर्यनसँग नायिका प्रियंकाको कमेष्ट्री गज्जबकै देखिन्छ ।
ओम प्रतिकको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा आर्यन र प्रियंकाको अलवा अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बटरफ्लाई’ का निर्माता सन्तोष अधिकारी हुन् । चलचित्र कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रका सह-निर्मातामा सरोज शाह र भूपेन्द्र सुवेदी रहेका छन् ।