श्रद्धा कपूरले चाँडै बलीउडस्टार आमिर खानसँग एकसाथ स्क्रिन शेयर गर्ने भएकी छिन् । खबरका अनुसार, श्रद्धालाई आमिर खानको नेक्स्ट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ का लागि फाइनल गरिएको छ । सोर्सेजलाई मान्ने हो भने फिल्मको लुक टेस्टका लागि लिइएको थियो । त्यसपछि बलीउडमा यो अनुमान लगाउन सुरु गरिएको छ ।
खबरका अनुसार, श्रद्धाको लुक टेस्टपछि फाइनल गरिएको हो । टेस्टको दौरान प्रोडयूसर आदित्य चोपडा, आमिर खान र डायरेक्टर विजय कृष्णा उपस्थित थिए । जसमा श्रद्धाको परफर्मेन्स निकै मन परेको थियो र उनलाई फिल्मका लागि फाइनल गरिएको खबर छ । फिल्ममा श्रद्धाले आमिरको लेडी लभको रोल प्ले गर्नेछिन् । खबरलाई मान्ने हो भने फिल्ममा श्रद्धाको रोमान्टिक इन्टरेस्ट रहनेछ । त्यसपछि उनी आमिर खानकी श्रीमती बन्नेछिन् । ‘ठग्स अफ हिन्दोस्तान’ एक पीरियड ड्रामा फिल्म हो ।