‘द रक’ को उपनामले चर्चित कुस्तिवाज एवम् हलिउड अभिनेता डायन जोनसनले वर्ल्ड रेस्लिङ इन्टरटेन्मेनट (डब्लुडब्लुइ) सुपरस्टार पेजमाथी फिल्म निर्माण गर्ने भएका छन् । उनले डब्लुडब्लुइ स्टुडियो र द अफिसका स्टेफन मर्चेन्टसंघ मिलेर पाइगको जीवनीलाई फिल्मको पर्दामा उतार्न लागेका हुन्। फिल्मको नाम ‘फाइटिङ वीथ माइ फ्याममिली’ रहनेछ जसलाई मरचेन्ट स्वयमंले लेख्ने तथा निर्देशन गर्नेछन्। फ्लरेन्स पगले पेजको भूमिकामा अभिनय गर्नेछिन्। फिल्ममा रकले पनि एउटा भूमिकामा अभिनय गर्ने बताइएको छ। उनले गर्ने भूमिकाको बारेमा भने तय हुन बाँकी रहेको छ। रकले आफ्नो ट्वीटरवाट यस वायोपिक फिल्म बनाउन लागेको घोषणा गरेका हुन्।