लेडी गागा प्राय सधै नै केही न केही यस्तो गरिरहेकी हुन्छिन् जसका कारण उनी चर्चामा आइरहन्छिन् । ‘५६ औं ग्रेमी पुरस्कार समारोह’ मा यस पटक लेडी गागाले यस्तो ड्रेस लगाएर पुगिन् कि त्यहाँ उपस्थित सबै हेरेको हेरै भए ।
लेडी गाना उक्त समारोहमा लेदर क्रप टपका साथ हट पेन्ट, बेल्ट र ब्ल्याक बूट्स लगाएर पुगेकी थिइन । लेडी गागाको उक्त टपको यस्तो तरिकाबाट डिजाइन गरिएको थियो कि सबैको नजर उनीमाथी नै थियो । लेडी गानाले त्यहाँ फ्लॉंट गर्ने कुनै एक मौका पनि गुमाइनन् । लेडी गानाले त्यहाँ रेड कार्पेटमा आफ्नो ट्याटु पनि फ्लॉंट गरिन् । लेडी गागाले ५६ औं ग्रेमी पुरस्कार समारोहमा परफर्म पनि गरेकी थिइन ।