भारतीय टिभी च्यानल जि टिभीबाट प्रशारण हुने चर्चित सिरियल ‘कुम कुम भाग्य’ की प्रज्ञाको जीवनमा अब निकै ठूलो मोड आएको छ । रियल लाइफमा होइन उनले अभिनय गर्ने कुम कुम भाग्यको कथा निकै मर्मस्पर्शी तरिकाले मोडिएको छ । अहिले कुम कुम भाग्य हेर्ने जो कोहीको गहभरी आँशु हुन्छ किनकी अभि र प्रज्ञा अब छुटिदैछन् । सिरियलमा कार दुर्घटना भएर अस्पताल भर्ना भएका अभिलाई २०१४ पछिका कुनै पनि घटना थाहा हुँदैनन् । यतिसम्मकी अभिले आफ्नी पत्नी प्रज्ञालाई पनि चिन्दैनन् । अभिले प्रज्ञालाई नचिनेपछि घरपरिवारले पनि उनलाई नराम्रो व्यबहार गर्न थाल्छन् । उनले परिवारबाटै नराम्रो व्यबहार पाउन थालेपछि अलविदा भनेकी छिन् । अब उनी अभिको घरमा बस्दै आएको देख्न सकिन्न ।